Friday, May 15, 2020

Fear Not नडर

 15 BIBLE VERSES ABOUT  FEAR NOT ON 1ST PAGE
1 Isaiah 41:10 यसैले नडरा, किनकि म तँसित छु । निरुत्‍साहित नहो, किनकि म
                          तेरा परमेश्‍वर हुँ। म तँलाई  बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।
                          मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

2. Joshua 1:9  -  तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, 
                         किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”
     
3.2 Timothy 1:7किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र 
                          आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

4 Psalm 34:4  - मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै
                          डरहरूबाट छुटकारा दिनुभयो।

5. Psalm 27:1परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै
                           मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?

6. Psalm 23:4मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ,
                           किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ।

7. Isaiah 43:1तर अब हे याकूब, तिमीलाई रच्‍नुहुने, हे इस्राएल, तिमीलाई सृष्‍टि गर्नुहुने 
                         परमप्रभु भन्‍नुहुन्‍छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले
                         तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌। 

8. Rome 8:15किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ,
                        तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी 
                         परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,

9. Isaiah 41:13किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, 
                           र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता 

10. Psalm 56:3 -        जुन बेला मलाई डर लाग्‍छ, म तपाईंमा भरोसा राख्‍नेछु।

11.  Psalm 118:6 - परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के
                                गर्न सक्‍छ र?
       12.Isaiah 35:4डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका 
                                 परमेश्‍वर बदला दिनलाई आउनुहुनेछ, ईश्‍वरीय प्रतिफलसहित तिमीहरूलाई 
                                 बचाउनलाई उहाँ आउनुहुनेछ।”
       13. Psalm 56:3-4जुन बेला मलाई डर लाग्‍छ, म तपाईंमा भरोसा राख्‍नेछु।
                                   4परमेश्‍वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्‍वरमा भरोसा राख्‍छु,
                               म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्‍छ र?

14. Matthew 10:28 - तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न 
                                सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ। 
15. Deuteronomy 3:22 -  उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर
                                      तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।”




Sunday, January 17, 2016

Christian Songs


   1.    Batasaile Udai lagechha

बतासैले उडैलगेछ क्रिष्टको माया
समहल्याउदैछु 
हे -----हे ---ल.…… 
येशु हिड्ने गोरेटोमा अब म पनि सधैं हिड्नेछु
बाधाहरु आएत त पनि क्रिष्ट्को निम्ति अघि बड्नेछु
हे----हे-----हे-----ल​……
पवित्र आत्माको भरपुरिमा (गाउ)२ सहर हिड्नेछु
क्रिष्ट्को सन्देश सबलाई सुनाउदै उहाँको निम्ति गबाई बाँड्नेछु



2. GuDa Samma Hoina Kammar Samma Hoina (Ball Geet)



घुडासम्म होइन कम्मरसम्म होइन २
छुर्लुमै डुब्न चाहान्छु
येशुको प्रेमको सागरमा २
१ जुरेली झैं होइन भगेरा झैं होइन २
चील जस्तै उड्न चाहान्छु
येशुको प्रेमको आकाशमा २
२ छैन अरु कुनै थोक यो धर्तीमा २
मलाई बस्न मन लाग्छ​
मलाई गाउन मन लाग्ने २
 

3. Auchha Jajalko Tyo Krushko Am Paapiiko Laagi

को. आउँछ झझल्को त्यो क्रूसको म पापीको लागि
    मेरो प्रभु मरेको (२)
१.  बैकुण्ठ धाम त्यागेर, मानव बनी आउनुभयो (२)
    दलदले हिलोबाट मलाई बचाउनु भयो (२)
    हराई गएको भेड़ा झैँ मलाई (२) आफ्नो बगालमा ल्याउनु भयो (२)
२.  आज पनि बोलाई रहेछन्‌ मेरो राजा येशूले (२)
    गहभरि आँशु लिई, फर्कि आउने आशाले (२)
    छेड़ीएको हात पसारेर (२) पर्खी रहेछन्‌ अंगालोमा लिनलाई (२)

4. Aakash Bhandha Uchha Uchha Xa Naau

१.  आकाशभन्दा उच्च-उच्च छ नाउँ,
    सागरभन्दा गहिरो गहिरो छ प्रेम
    आसमानभन्दा विशाल-विशाल अनुग्रह छ
    हाम्रो प्रभु येशूको ।
को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२)
२.  वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम,
    आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम
    स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’, 
    मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई ।
३.  सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्‌,
    निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ
    अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ,
    मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई ।

5. Aaja Haamro Udhaar Gare Kalbarima Jhudine Yeshule

को. आज हाम्रो उद्धार गरे, कलवरीमा झुण्डिने येशूले
    आज हाम्रो प्रभु बन्नु भो, मृत्युदेखि बौरिने ख्रीष्ट येशू ।
१.  हिमालको टापूहरू गुञ्जी उठ्छन्‌
    समुन्द्रको छालहरू नाँच्दै गाउँछन्‌
    स्वर्गको ढोका खोलेर आवाज दिन्छन्‌ हामीलाई 
    हाम्रो बिन्तीलाई सुन्ने येशू आज जीवित छन्‌ ।
२.  पहाड़ी पाखामा झुल्क्यो घाम
    ज्योति येशू अन्धेरो जगतमा
    स्वर्गको ढोका खोलेर सहारा दिन्छन्‌ हामीलाई
    हाम्रो बाटो बन्ने येशू आज जीवित छन्‌ ।

6. Ajako Haami Kopila

आजको हामी कोपिला
    भोलिको फूल हौ
    प्यारो साथी येशू सँगै
    शमाउँदै फूलने छौं
    प्यारो साथी येशू सँगै
    रमाउँदै फूलने छौं
कहिले हिड्छौं मुस्कुराउदै
खुशी बाड्दै येशूसँग (२)
कति माया गर्छन सधै
तिमी हामी सबैलाई (२)
    आऊ है मेरा साथी हो
    येशूको न्यानो काखैमा (२)
    आनन्द छ है शान्ति छ
    उहाँको प्यारो राज्यमा (२)

7. Mero Hrydiako Murtilaaii Bhatkaaidinuhos(Adrian Dewan)
C             G      Am  G  C 
मेरो हृदयको मुर्तिहरुलाई भत्काईदिनुहोस् 
  C          G        Am G C 
र तिनीहरुको  बेदिहरुलाई टुक्राईदिनुहोस्  
G    C   G   C   G    Am   F/G
तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
G     C    G   C  G     Am  F/G
तपाईँ बाहेक अरू छैन मेरो आत्माको प्रेमी
C    G      Am       G   C
मेरो शरीरको मोहहरुलाई हटाइदिनुहोस
C G Am G C तपाइको ठाउँ लिने सबैथोक मेटाइदिनुहोस G C G C G Am F/G तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी G C G C G Am F/G तपाईँ बाहेक अरू छैन मेरो आत्माको प्रेमी F G Am G येशु तपाईँलाई मेरो हृदयको सारा भक्ति
   C    F   G      C 
(उचार्लनुहोस सबभन्दा माथि)२
Music.............x....................x................x

 C         G       Am   G C
मेरो हृदयको र्सिंहासनमा राज गर्नुहोस 
 C         G            Am G C
मेरो जीवनको तपाईँ मालिक  डोर्याउनुहोस
 G    C  G   C   G     Am  F/G
तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
 G     C   G   C   G    Am   F/G
तपाईँ बाहेक अरू छैन मेरो आत्माको प्रेमी
 C          G        Am   G C
मेरो हृदयको मुर्तिहरुलाई भत्काईदिनुहोस्
C G Am G C
 र तिनीहरुको बेदिहरुलाई टुक्राईदिनुहोस्
 G    C  G    C   G    Am  F/G
तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
 G    C    G   C   G    Am   F/G
तपाईँ बाहेक अरू छैन मेरो आत्माको प्रेमी 
  F  G      Am  G
येशु तपाईँलाई मेरो हृदयको सारा भक्ति
 C      F  G      C 
(उचार्लनुहोस सबभन्दा माथि)
                          End